जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड « Khabarhub

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक जेष्ठ वर्ण महाविहारलाई युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार अन्तर्गतको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण गरिएको छ । महाविहार परिसरमा बुधबार आयोजित एक विशेष समारोहबीच उक्त पुरस्कार हस्तान्तरण गरिएको हो ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरे । समारोहमा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक) का प्रतिनिधि, सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो ।

२०७२ सालको भूकम्पपछि भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत करिब १३ करोड ७८ लाख रुपैयाँको लागतमा महाविहारको संरक्षण कार्य सम्पन्न भएको हो । परियोजनामा प्राविधिक परामर्शदाताका रूपमा इन्ट्याकले नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (सीएलपीआईयू) र स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको थियो । पुनर्स्थापित महाविहारको उद्घाटन २०८० चैत ९ गते गरिएको थियो ।

युनेस्कोले जेष्ठ वर्ण महाविहार परियोजनालाई समुदाय–केन्द्रित संरक्षण, ऐतिहासिक नेवारी काष्ठकला तथा परम्परागत वास्तुकलाको संरक्षणसँगै आधुनिक भूकम्पीय सुरक्षा प्रविधिको प्रभावकारी संयोजन गरेको भन्दै सन् २०२५ को अवार्डका लागि छनोट गरेको हो । संरक्षण अवधिभर रैथाने नेवार बौद्ध समुदायका धार्मिक तथा सांस्कृतिक गतिविधिहरू अवरुद्ध हुन नदिई काम सम्पन्न गरिएको युनेस्कोले विशेष उल्लेख गरेको छ ।

कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. पाण्डेले जेष्ठ वर्ण महाविहार परियोजनाले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाएको बताए । उनले सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्स्थापनामा नेपाल सरकारसँग आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै ललितपुरका मेयर चिरीबाबु महर्जनले महाविहार संरक्षणमा भारत सरकारले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नगरका अन्य सम्पदा पुनर्स्थापनामा पनि भारतीय सहयोग निरन्तर रहेको उल्लेख गरे । जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिका प्रतिनिधिहरूले समयमै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्दै पुनर्स्थापित महाविहार नेपाल–भारत मित्रता र समुदायको उत्थानशीलताको प्रतीक बनेको बताए ।

२०७२ सालको गोरखा भूकम्पपछि भारत सरकारले नेपालको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर बराबरको सहायता प्रतिबद्धता जनाएको थियो । यसअन्तर्गत हालसम्म ५० हजार निजी आवास, ७० विद्यालय, एक पुस्तकालय, १२२ स्वास्थ्य संस्था तथा १७ सांस्कृतिक सम्पदा स्थलको पुनर्निर्माण सम्पन्न भइसकेको भारतीय राजदूतावासले जनाएको छ । यसबाहेक अन्य थप विद्यालय, स्वास्थ्य संस्था र सम्पदा पुनर्निर्माणका परियोजनाहरू विभिन्न चरणमा रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ८ : ५४ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि