राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल « Khabarhub

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक तथा विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट प्राप्त ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धी सन्देश सभासमक्ष टेबल गर्नेछन्।

त्यसपछि ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत छलफल हुनेछ।

बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ०७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको