यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूलदेखि माछासम्मका विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरिएको हो।

आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र टनेल गोलभेँडा ३५ रुपैयाँमा कारोबार हुनेछ। रातो आलु (लाम्चो) ४१ रुपैयाँ, रातो आलु (गोलो) ३५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज प्रतिकिलो ५५ रुपैयाँ तोकिएको छ।

हरियो तरकारीतर्फ स्थानीय गाजर प्रतिकिलो १०० रुपैयाँ, तराईको गाजर ९० रुपैयाँ, स्थानीय बन्दा ७० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ३५ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै बोडी ४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, घिउ सिमी ५० देखि ८० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ३० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र इस्कुस ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

सागपाततर्फ रायो साग ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ प्रतिकिलो कायम भएको छ। च्याउमा कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ४५० रुपैयाँ, मालदह आँप ११० रुपैयाँ, दशहरी आँप १२० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार २३० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, स्थानीय लिची २५० रुपैयाँ र भारतीय लिची ३५० रुपैयाँ कायम गरिएको छ।

मसलाजन्य वस्तुतर्फ अदुवा प्रतिकिलो १८० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ३० रुपैयाँ, बुलेट खुर्सानी २० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन २०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, चिनियाँ सुकेको लसुन २०० रुपैयाँ र नेपाली सुकेको लसुन १७० रुपैयाँ तोकिएको छ।

त्यसैगरी माछातर्फ सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ तथा छडी माछा ३५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : २१ बजे

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर

भद्रपुर– गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म