बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने « Khabarhub

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ। सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभागका प्रवक्ता डा। मुकुल उपाध्यायले आमनागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै बर्डफ्लु पुष्टि भएका पन्छी वा तिनका उत्पादन बिक्री–वितरण गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए।

उनका अनुसार गत चैतदेखि देशका ११ जिल्लामा फैलिएको बर्डफ्लु भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाइएको छ। रोगको थप फैलावट रोक्न काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली परिचालन गरिएको छ।

विभागले प्रभावित जिल्लामा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरी सङ्क्रमण नियन्त्रणको काम भइरहेको जनाएको छ। केही जिल्लामा रोग नियन्त्रणको चरणमा पुगेको विभागको भनाइ छ।

मरेका कुखुरा जथाभावी फाल्दा वा सङ्क्रमित पन्छी नष्ट गर्दा पनि मानिसमा सङ्क्रमण सर्न सक्ने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ।

प्रवक्ता डा। उपाध्यायले बर्डफ्लुविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएकाले सङ्क्रमण पुष्टि हुनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै रोग नियन्त्रणको प्रभावकारी उपाय रहेको बताए।

विभागका अनुसार प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन तथा मुचुल्का उठाउने काम भइरहेको छ। त्यसका आधारमा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलन भइरहेको जनाइएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : २४ बजे

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक