अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा « Khabarhub

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को नकआउट भिडन्तमा स्विट्जरल्यान्डले खेलको दुवै हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

खेलको १० औँ मिनेटमै जे डब्लू मान्जाम्बीको पासमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को स्थिति रहेको खेलको दोस्रो हाफ सुरु हुनासाथ ४६ औँ मिनेटमा डान न्डोएले गोल गरेपछि स्विट्जरल्यान्डले आफ्नो अग्रता दोब्बर बनायो ।

खेलको अन्तिम समयतिर स्विट्जरल्यान्डले अग्रता अझ फराकिलो बनाउने थुप्रै अवसर पाएको थियो । एम्बोलोले व्यक्तिगत तेस्रो गोलका लागि गरेको प्रहार पोस्टभन्दा माथि र बाहिर जाँदा उनी चुकेका थिए ।

त्यसको केही बेरमै फाबियन रिडरले खेलको सबैभन्दा सजिलो र सुनौलो अवसर गुमाए । उपलव्ध भएको लो क्रसलाई पोलको ठीक अगाडि रहेका रिडरले सहजै गोल गर्नुपर्नेमा अल्जेरियन गोलकिपर लुका जिदानतर्फ प्रहार गरेपछि खेल २–० मै टुङ्गिएको थियो ।

अल्जेरियाले पहिलो हाफमा केही सुधारेको खेल प्रदर्शन गरे पनि फिनिसिङ लाइनमा लगातार चुक्नु र दोस्रो हाफको सुरुमै गोल खानु उसको हारको मुख्य कारण बन्यो । यो जितसँगै स्विट्जरल्यान्डले विश्वकपको अर्को चरणको यात्रा तय गरेको छ ।

अब अन्तिम १६ मा स्विट्जरल्यान्डले कोलम्बिया र घाटामध्ये एक देशसँग प्रतिस्पर्धा गर्नेछ । अल्जेरिया भने विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : ४२ बजे

सडक अवरुद्ध : स्याउको चिन्तामा मुस्ताङका किसान

मुस्ताङ– केही दिन अघिको भारी वर्षापछिको बाढी पहिरो र नदी

कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक

कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं– कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौंस्थीत रमदा अन्कोर बाइ विइन्डम

नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

धनुषा- धनुषाको बटेश्वर गाउँपालिका ३ र ४ साविक बटेश्वर गा.वि.स

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको