अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा « Khabarhub

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ को नकआउट भिडन्तमा स्विट्जरल्यान्डले खेलको दुवै हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।

खेलको १० औँ मिनेटमै जे डब्लू मान्जाम्बीको पासमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को स्थिति रहेको खेलको दोस्रो हाफ सुरु हुनासाथ ४६ औँ मिनेटमा डान न्डोएले गोल गरेपछि स्विट्जरल्यान्डले आफ्नो अग्रता दोब्बर बनायो ।

खेलको अन्तिम समयतिर स्विट्जरल्यान्डले अग्रता अझ फराकिलो बनाउने थुप्रै अवसर पाएको थियो । एम्बोलोले व्यक्तिगत तेस्रो गोलका लागि गरेको प्रहार पोस्टभन्दा माथि र बाहिर जाँदा उनी चुकेका थिए ।

त्यसको केही बेरमै फाबियन रिडरले खेलको सबैभन्दा सजिलो र सुनौलो अवसर गुमाए । उपलव्ध भएको लो क्रसलाई पोलको ठीक अगाडि रहेका रिडरले सहजै गोल गर्नुपर्नेमा अल्जेरियन गोलकिपर लुका जिदानतर्फ प्रहार गरेपछि खेल २–० मै टुङ्गिएको थियो ।

अल्जेरियाले पहिलो हाफमा केही सुधारेको खेल प्रदर्शन गरे पनि फिनिसिङ लाइनमा लगातार चुक्नु र दोस्रो हाफको सुरुमै गोल खानु उसको हारको मुख्य कारण बन्यो । यो जितसँगै स्विट्जरल्यान्डले विश्वकपको अर्को चरणको यात्रा तय गरेको छ ।

अब अन्तिम १६ मा स्विट्जरल्यान्डले कोलम्बिया र घाटामध्ये एक देशसँग प्रतिस्पर्धा गर्नेछ । अल्जेरिया भने विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : ४२ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको