चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू) « Khabarhub

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै आएको चीनले केही वर्षयता मारेको छलाङ अपत्यारिलो छ । 

खासगरी वायु प्रदूषण नियन्त्रण गर्न चीनले थालेको अभियानको नतिजा अहिले हरेक सहरका गगनचुम्बी सहरबीच हरियाली देख्न पाइन्छ ।

चीनले कोइलाको प्रयोग घटाएर नवीकरणीय ऊर्जा (सौर्य र वायु) को व्यापक विस्तार गरेको छ । 

अर्कातिर कडाभन्दा कडा वातावरणीय कानुन बनाएको छ। धेरै धुवाँ निकाल्ने पुराना उद्योग बन्द गरिएको छ। कयौँलाई बस्तीभन्दा बाहिर सारिएको छ। अहिले चिनियाँ सहरमा तेलका भन्दा विद्युतीय सवारी साधन धेरै गुडेका देख्न सकिन्छ ।

चीनले सफा ऊर्जाको प्रयोगलाई बढावा दिएको छ। सौर्य, वायु र जलविद्युत् ऊर्जाको उत्पादनमा अहिले चीन विश्वकै नेतृत्वदायी भूमिकामा छ । अहिले अधिकांश सहरमा न्यानो बनाउनका लागि कोइलाको साटो प्राकृतिक ग्यास वा बिजुली प्रयोग हुन्छ ।

चीन अहिले विश्वमै धेरै विद्युतीय सवारी साधन चलाउने देशका रुपमा परिचित छ । सार्वजनिक यातायात र निजी सवारी साधनका कारण हुने वायु प्रदूषण रोक्न चीनले विद्युतीय सवारी साधन उत्पादन र प्रयोगमा ठूलो अनुदान दिएको छ ।

कतिसम्म भने चीनले मरुभूमिकरण रोक्न र कार्बनडाइअक्साइड सोस्न देशव्यापी रूपमा ठूलो मात्रामा वृक्षारोपण अभियान चलाएको छ।

चीनले सहरी क्षेत्रलाई हरियाली र वातावरणमैत्री बनाउन ‘स्पन्ज सिटी’ ‍अवधारणा र ठूला वृक्षरोपण अभियान चलाएको छ । 

कुइयाङ जस्ता ५०-६० तले गगनचुम्बी भवन भएका आधुनिक सहरहरूमा पार्क निर्माण, भवनको छतमा बगैँचा र ठाडो बगैँचको प्रयोग गरेर सहरको तापक्रम घटाउने र कार्बन उत्सर्जन कम गर्ने कोसिस जारी छ। ‍

चीनका प्रमुख र विकसित सहरहरूमा हरियाली तथा अत्याधुनिक प्रविधिको प्रयोग त व्यापक छ नै सफा पनि उस्तै राखिएको छ । चीनले यसरी हरियाली प्रवर्द्धन गरेको विशाल सहरमध्ये एक हो, कुइचौ प्रान्तको राजधानी सहर कुइयाङ । दक्षिण-पश्चिमी चीनमा अवस्थित कुइयाङ कुइचौ प्रान्तको राजधानी तथा सबैभन्दा ठूलो सहर हो । 

यहाँ विशाल भवनहरूबीच सहरमा आधा जंगल नै देखिन्छ । सहरी आलिशान भवन बनिरहँदा रुख विरुवा फैल्याउने काममा चीनले कतै कसर छाडेको छैन । जसले सहरको वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । 

सहरका मुख्य राजमार्गदेखि भित्री साना सडक कहीँ कतै पनि रुख-विरुवा हुर्काउन कञ्जुस्याइँ गरिएको छैन । माथि हेर्दा टोपी खस्ने भवनहरूबीच लोभलाग्दो हरियाली फैल्याइएको छ। कतै फल फलिरहेका भेटिन्छन् त कतै फूलले मगमगाइरहेका सडक सुस्ताइरहेका छन् । 

यो हरियालीले सहरको बढ्दो तापक्रमबीच मानिसहरूलाई शीतलता ताप्न ठूलो सहयोग गरेको छ । अग्लो ठाउँबाट उभिएर हेर्दा सहर आधा जंगलले ढाकेजस्तो देखिन्छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ११ : २० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि