किएभमा रूसको भीषण आक्रमण : ३० जनाको मृत्यु, ९१ घाइते « Khabarhub

किएभमा रूसको भीषण आक्रमण : ३० जनाको मृत्यु, ९१ घाइते


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनको राजधानी किएभमा रूसले गरेको भीषण मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्।

युक्रेनको राज्य आपतकालीन सेवाले मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको हो। सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

रूसी आक्रमणबाट आंशिक रूपमा ध्वस्त भएको एक अपार्टमेन्ट भवनको निरीक्षणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस आक्रमणको ‘निश्चित रूपमा बदला लिने’ चेतावनी दिएका छन्। उनले युक्रेनलाई थप हवाई सुरक्षा प्रणाली उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारहरूसँग पुनः आग्रह गरेका छन्।

आक्रमणपछि किएभका विभिन्न आवासीय क्षेत्रमा व्यापक क्षति पुगेको छ। शहरका मेयर भिटाली क्लिट्स्कोले यसलाई ‘राजधानीमाथिको रूसको सबैभन्दा ठूलो आक्रमण’ भएको बताएका छन्।

युक्रेनस्थित रेड क्रसले आक्रमणका कारण आफ्नो मुख्य गोदाम पूर्ण रूपमा नष्ट भएको र करिब २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता सामग्री क्षति भएको जनाएको छ।

युरोपेली सङ्घ (ईयू) का कूटनीतिज्ञहरू बस्ने भवनमा पनि आक्रमणको असर परेको भए पनि सबै कूटनीतिज्ञ सुरक्षित रहेको ईयूकी प्रवक्ता अनिट्टा हिप्परले जानकारी दिएकी छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नागरिक र नागरिक पूर्वाधारमाथि भएको आक्रमणको कडा निन्दा गर्दै तत्काल युद्धविरामको आह्वान गरेका छन्। उनका प्रवक्ता स्टेफन डुजारिकका अनुसार यस्ता आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएकाले तत्काल रोक्नुपर्ने आवश्यकता रहेको छ।

यता, युरोपेली सङ्घकी शीर्ष कूटनीतिज्ञ काजा कल्लासले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने घोषणा गरेकी छन्। तर क्रेमलिनले भने कुनै सम्झौतामा नझुक्ने अडान दोहोर्‍याउँदै किएभमाथि थप दबाब बढाइने जनाएको छ।

यसैबीच, युक्रेनले अमेरिकामा निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणालीका मिसाइल स्वदेशमै उत्पादन गर्न अनुमति माग्दै आएको छ। यद्यपि रक्षा विज्ञहरूले यस्तो उत्पादन क्षमता विकास गर्न पर्याप्त समय लाग्ने बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीले केही दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध ठूलो आक्रमणको तयारी गरिरहेको गुप्तचर सूचना प्राप्त भएको बताएका थिए। त्यसको केही समयपछि किएभमा यो आक्रमण भएको हो।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : २६ बजे

रास्वपा सांसदमाथि आक्रमण प्रयास, कालोमसी हानियो

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा सांसद गणेश पौडेलमाथि

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धको तयारी

पेरिस– फ्रान्सले १५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका