ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि « Khabarhub

ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरिया जाने श्रमिकको भिसा शुल्कमा वृद्धि भएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकहरूको भिसा शुल्कमा वृद्धि भएको जानकारी दिएको हो ।

 शाखाले एक सार्वजनिक सूचना जारी गर्दै नेपालस्थित कोरियन राजदूतावासको निर्णयअनुसार शुल्क बढाइएको जनाएको हो ।

सूचनाअनुसार यसअघि नेपालस्थित कोरियन राजदूतावासले भिसा शुल्क बापत १० हजार सात सय रुपैयाँ लिँदै आएकोमा अब ६ सय रुपैयाँ वृद्धि गरी कुल ११ हजार तीन सय रुपैयाँ पुर्‍याइएको छ । यो नयाँ शुल्क दर असार १७ गते देखि प्राप्त पत्रका आधारमा लागू गरिएको सूचनामा उल्लेख छ ।

ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया जानका लागि सीसीभीआई प्राप्त गरेका व्यक्तिहरूले अब उप्रान्त सीसीभीआई फारम भर्दा उक्त परिवर्तित शुल्क बुझाउनुपर्नेछ । रकम कोलेनिका ललितपुरको नाममा नेपाल बैंक लिमिटेड, गाबाहल शाखामा रहेको खाता नम्बर ०१८०१०००००२००६०००००१ मा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित व्यक्तिहरूले बैंकमा रकम जम्मा गरेको सक्कल भौचर सीसीभीआई फारमसहित ईपीएस। कार्यालयमा स्वयं उपस्थित भई बुझाउनुपर्नेछ । साथै, सूचनामा विशेष ध्यानाकर्षण गराउँदै कुनै पनि कारणवश एउटै व्यक्तिको नाममा दोहोरो भुक्तानी भएमा सो रकम फिर्ता नहुने व्यहोरा समेत स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ३० बजे

इजरायलसँगको सम्बन्ध सुधारविना साउदीलाई -परमाणु प्रविधि नदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको परमाणु सहकार्य

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो