नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै « Khabarhub

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्कासन गर्ने भएको छ । 

बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ग’ नामक यस उपकरणको बोलकबोल र निष्कासन आजै गर्ने भएको हो । 

एक वर्ष अवधिको यो ऋणपत्रको बोलकबोल प्रक्रिया आज मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सम्पन्न हुनेछ । 

यस ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १९ गते गरिने जनाइएको छ । साथै, आर्जित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा हुने सूचनामा उल्लेख छ । 

ऋणपत्रको ब्याजदर भने बोलकबोलको माध्यमबाटै निर्धारण गरिने बैंकले जनाएको छ ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोल पेस गर्न सक्ने सूचनामा उल्लेख छ । 

बोलकबोल गर्दा एकल वा बहु–ब्याजदरमा सहभागी हुन सकिने भए तापनि बाँडफाँट गर्दा एकल ब्याजदर कायम गरी सो वा सोभन्दा कम दरमा बोल गर्नेहरूलाई प्राथमिकता दिइने जनाइएको छ । यदि माग गरिएको रकमभन्दा बढी आवेदन परेमा समानुपातिक आधारमा ऋणपत्र वितरण गरिनेछ ।

लगानीकर्ताहरूले यस ऋणपत्रलाई नेपाल राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सक्नेछन् । 

राष्ट्र बैंकका अनुसार यो ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन, तर यसलाई वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपात गणनामा भने समावेश गर्न सकिनेछ । 

बैंकले सूचनामार्फत सचेत गराउँदै बोलकबोल स्वीकृत भएपछि सम्बन्धित संस्थाको खातामा पर्याप्त मौज्दात नभएमा स्वीकृत रकमको २.५० प्रतिशत जरिवाना लाग्ने र आगामी ६ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन रोक लगाइने प्रावधान समेत स्पष्ट पारेको छ । यो ऋणपत्रको परिपक्व अवधि समाप्त नभई बीचैमा भुक्तानी लिन पाइने छैन ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १ : ०७ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा