गगन थापाले भने- शिक्षामा दलीयकरण हुनु सबैभन्दा ठूलो समस्या हो « Khabarhub

गगन थापाले भने- शिक्षामा दलीयकरण हुनु सबैभन्दा ठूलो समस्या हो


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शिक्षामा दलीयकरण हुनु नै अहिलेको सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । 

शुक्रबार कांग्रेस नीति अनुसन्धान प्रतिष्ठानले पार्टी कार्यालय सानेपामा आयोजना गरेको ग्रिन टेबल कार्यक्रममा सभापति थापाले शिक्षामा राजनीति हुनु र दलीयकरण हुनु फरक कुरा भएको भन्दै अहिले शिक्षामा दलीयकरण हुनु ठूलो समस्या भएको बताएका हुन् ।

उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक वा शिक्षकहरूको योग्यता भन्दा पनि आफ्नो मान्छेलाई राख्नुपर्छ भन्ने मान्यता गाउँ–गाउँमा व्याप्त रहेको उल्लेख गरे ।

शिक्षा क्षेत्रमा राम्रा भन्दा आफ्ना मान्छे भर्ती गर्ने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको उनको भनाइ छ ।  

सभापति थापाले शिक्षकहरूले विद्यालयमा आफ्नो जिम्मेवारी पुरा गर्नुका साथै समुन्नत नेपाल निर्माणका लागि अझ धेरै योगदान दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ३ : ०० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको