पाल्पाबाट दालचिनी भारत निर्यात « Khabarhub

पाल्पाबाट दालचिनी भारत निर्यात


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ । डिभिजन वन कार्यालय, पाल्पका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो । 

उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव २०७७-७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो । कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको बताए।  
    
गत आवमा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७३१ किलो तेजपात  निकासी भएको थियो । कार्यालयको तथ्यांकअनुसार आव २०८०-८१ मा एक लाख ७६ हजार ६९७ किलो, २०७९-८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८-०७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७-०७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको हो । 
 
त्यसैगरी, तेजपात निर्यातमा पनि वृद्धि भएको छ । आव २०८०-०८१ मा सात लाख छ हजार ७९० किलो रहेको तेजपात निकासी गत वर्ष आठ लाख ८१ हजार ७३१ किलो पुगेको थियो । चालु आवमा बढेर १२ लाख ८८ हजार ४८२ किलो पुगेको कार्यालयले जनाएको छ । 

पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत हो । तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताए। उनले किसानले तेजपात प्रतिकिलो रु ५० देखि ६० र दालचिनी प्रतिकिलो १०० मा बिक्री गर्दै आएका छन् भने। 
 
दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १ : ५४ बजे

बैतडीमा यात्रुवाहक बस दुर्घटना

काठमाडौं- बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । कैलालीबाट बैतडीतर्फ

बिहेको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह

विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो