पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले बताएका छन् ।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको बताउँदै तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सेरानीले बताए । बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दुर्घटना भएको सेरानीले बताएका छन् । 

दुर्गम पहाडी क्षेत्रमा दुर्घटना भएको कारण, उद्धारमा कठिनाइहरूको सामना गर्नुपरेको उनले बताए । 

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस प्रान्तीय राजधानी क्वेटाबाट उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको पुष्टि गरे ।  

दुर्घटनाको सूचना पाए पछि दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा तैनाथ रहेको उनले बताए ।

पाकिस्तानमा ट्राफिक नियमको उलङ्घन, उच्च गति, र कमजोर सडक सुरक्षा मापदण्ड र लापरबाहीपूर्ण ड्राइभिङ्गका कारण धेरै सडक दुर्घटनाहरू हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : ०६ बजे

बैतडीमा यात्रुवाहक बस दुर्घटना

काठमाडौं- बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । कैलालीबाट बैतडीतर्फ

बिहेको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह

विशेष महाधिवेशन पक्षधर ‘रत्नपार्कमा खराब औषधि बेच्ने चटके’ हुन् : मोहन बस्नेत

काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशन

६० वर्षको उमेरमा फेरि बेहुला बन्दै आमिर खान, जुलाई ५ मा गौरी स्प्रैटसँग निजी समारोहमा विवाह

काठमाडौं– बलिउडका ‘मिस्टर परफेक्सनिस्ट’ आमिर खानले आफ्नो तेस्रो विवाहको तयारीबारे

नेप्से परिसूचक आठ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो