सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन « Khabarhub

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले महशुस गर्नेगरी प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्कने क्रममा काठमाडौंस्थीत त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले बजारको महँगी नियन्त्रण लगायतका क्षेत्रमा सरकारले प्रयास गरिरहेपनि त्यसको परिणाम जनताले महसुस गर्न नपाएको बताए ।

उनले राम्रा कामका साथै नराम्रा कामको जिम्मेवारी पनि सरकारले लिनुपर्ने धारणा राखे । गणतन्त्र र लोकतन्त्रमा बोल्न पाउने अधिकार हुने भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने नियम–कानुन ल्याउन नहुने बताए । 

त्यस्तै उनले मल आयात गरेर वितरण गर्नु भन्दा स्वदेशमा नै आफैँले उत्पादन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

ट्राफिक जरिवानाका विषयमा साम्पाङले १ लाख रुपैयाँसम्मको ठुलो जरिवाना कायम गर्नु उचित नभएको उनले बताए । 

उनले जरिवाना भनेको गलत कामलाई सच्याउने माध्यम हुनुपर्ने भएकाले ऋण काढेर जरिवाना तिर्नुपर्ने अवस्था उचित नभएको धारणा राखे । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : २३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको