सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन « Khabarhub

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले महशुस गर्नेगरी प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्कने क्रममा काठमाडौंस्थीत त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले बजारको महँगी नियन्त्रण लगायतका क्षेत्रमा सरकारले प्रयास गरिरहेपनि त्यसको परिणाम जनताले महसुस गर्न नपाएको बताए ।

उनले राम्रा कामका साथै नराम्रा कामको जिम्मेवारी पनि सरकारले लिनुपर्ने धारणा राखे । गणतन्त्र र लोकतन्त्रमा बोल्न पाउने अधिकार हुने भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने नियम–कानुन ल्याउन नहुने बताए । 

त्यस्तै उनले मल आयात गरेर वितरण गर्नु भन्दा स्वदेशमा नै आफैँले उत्पादन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

ट्राफिक जरिवानाका विषयमा साम्पाङले १ लाख रुपैयाँसम्मको ठुलो जरिवाना कायम गर्नु उचित नभएको उनले बताए । 

उनले जरिवाना भनेको गलत कामलाई सच्याउने माध्यम हुनुपर्ने भएकाले ऋण काढेर जरिवाना तिर्नुपर्ने अवस्था उचित नभएको धारणा राखे । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : २३ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल