संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने « Khabarhub

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ बजेका लागि बैठक बोलाइएको हो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने विषयमा छलफल हुने कार्यसूची रहेको छ।

हाल विभिन्न संवैधानिक निकायमा दर्जनभन्दा बढी पद रिक्त छन्। निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई तथा राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद खाली छन्।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, थारू आयोगमा अध्यक्षसहित दुई, मधेसी आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र राष्ट्रिय महिला आयोगमा एक सदस्य पद रिक्त रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले यी रिक्त पदका लागि योग्य व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ। बैठकबाट रिक्त पदपूर्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : २४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको