संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने « Khabarhub

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ बजेका लागि बैठक बोलाइएको हो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने विषयमा छलफल हुने कार्यसूची रहेको छ।

हाल विभिन्न संवैधानिक निकायमा दर्जनभन्दा बढी पद रिक्त छन्। निर्वाचन आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई तथा राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद खाली छन्।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, थारू आयोगमा अध्यक्षसहित दुई, मधेसी आयोगमा अध्यक्षसहित दुई, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन र राष्ट्रिय महिला आयोगमा एक सदस्य पद रिक्त रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्ले यी रिक्त पदका लागि योग्य व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने व्यवस्था रहेको छ। बैठकबाट रिक्त पदपूर्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  २ : २४ बजे

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी