रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट « Khabarhub

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार १०९ मुद्दा फर्छ्यौट गरेको जनाएको छ।

अदालतले असार १७ गतेसम्मको विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका र चालु वर्षमा दर्ता भएका गरी कुल सात हजार ६४२ मुद्दामध्ये चार हजार १०९ मुद्दाको टुंगो लगाइएको जनाएको हो। हाल तीन हजार ५३३ मुद्दा फैसला हुन बाँकी छन्।

जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका तीन हजार २४० र चालु वर्षमा दर्ता भएका चार हजार ४०२ गरी कुल सात हजार ६४२ मुद्दा अदालतमा रहेका थिए।

उनले बढ्दो मुद्दाको चापका बाबजुद उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै छिटो, छरितो, पारदर्शी, जवाफदेही र प्रभावकारी रूपमा न्याय सम्पादन गरिएको बताए।

वरिष्ठ जिल्ला न्यायाधीश धनिश्वर पौडेलले संस्थागत सुधारका कार्यक्रमलाई निरन्तरता दिँदै न्याय सम्पादनलाई थप प्रभावकारी, सेवामुखी र विश्वसनीय बनाउन अदालत सक्रिय रहेको जानकारी दिए ।

अदालतका श्रेस्तेदार विमल रेग्मीका अनुसार सूचना प्रविधिमा आधारित प्रणालीमार्फत न्याय सम्पादनसँग सम्बन्धित कामकारबाहीको अभिलेखीकरण र सरलीकरणलाई प्राथमिकता दिइएको छ। यसबाट सेवा प्रवाहलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै वार्षिक लक्ष्य हासिल गर्न एकीकृत प्रयास गरिएको उनले बताए।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ३ : १९ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा