इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला « Khabarhub

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर समूहको बैठक गल्फुटारमा सुरु भएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको छ ।

बैठकमा सहभागी हुन कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला, तथा नेता कृष्णप्रसाद सिटौला गल्फुटार पुगेका छन् ।

त्यसैगरी, पूर्वसहमहामन्त्री डिना उपाध्याय, पूर्वप्रवक्ता डा. प्रकाशशरण महत, पूर्वगृहन्त्री रमेश लेखक, र पूर्व केन्द्रीय सदस्यहरू एनपी साउद एवं मोहन बस्नेत पनि बैठकमा उपस्थित छन् ।

बैठकमा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वसञ्चार विभाग प्रमुख मीन विश्वकर्मा, पूर्वमुख्यसचिव कृष्णप्रसाद पौडेल र पूर्व अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाको समेत सहभागिता रहेको छ ।

आजको बैठकमा विशेषगरी पार्टीको भर्खरै सातै प्रदेशमा सम्पन्न भएका भेलाहरूको विस्तृत समीक्षा र आगामी भावी रणनीतिका विषयमा गहन छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार इतर समूहले देशव्यापी रूपमा राष्ट्रिय भेला गर्ने तयारी गरिरहेको र आजको बैठकमा उक्त राष्ट्रिय भेलाको कार्यदिशा तथा तयारीबारे पनि ठोस छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ३ : १६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको