सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह « Khabarhub

सरकारले मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लागेको छ : मेयर साह


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकाको बजेट कार्यान्वयन अवरुद्ध गर्न खोजेको आरोप लगाएकी छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साहले प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले कर्मचारी रिक्तता कायम राखेर मौलापुर नगरपालिकालाई प्रशासनिक रूपमा प्रभावित बनाउने र बजेट फ्रिज गराउने नियत राखेको दाबी गरिन्।

उनका अनुसार बजेट कार्यान्वयन र भुक्तानीको महत्वपूर्ण समयमा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनदेखि विकास निर्माणका कामसमेत प्रभावित भएका छन्।

मेयर साहले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई पठाएको भए पनि उनले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेपछि मन्त्रालयले फिर्ता बोलाएको र त्यसयता नयाँ अधिकृत नपठाइएको बताइन्।

उनले नगरपालिकाले सञ्चालन गर्दै आएका ‘फ्रि बिजुली’, ‘फ्रि पानी’ तथा ‘छोरीसँग मेयर’ (विवाहमा आर्थिक सहयोग) लगायतका जनमुखी कार्यक्रमलाई रोक्ने उद्देश्यले पनि संघीय सरकारले अनावश्यक र गैरकानुनी हस्तक्षेप गरिरहेको आरोप लगाइन्।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावले कृषक अनुदान, बहुपोषण कार्यक्रम, शिक्षा, स्वास्थ्य तथा सरसफाइसँग सम्बन्धित सेवा र योजनासमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ।

यसैबीच, मौलापुर नगरपालिकाले विगत आठ वर्षदेखि उपलब्ध गराउँदै आएको सिँचाइ, घरायसी विद्युत् तथा खानेपानी शुल्क छुटसम्बन्धी सुविधा तत्काल नरोक्न सर्वोच्च अदालतले संघीय सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको मेयर साहले उल्लेख गरिन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई गत चैत १६ गते मौलापुरमा सरुवा गरेको थियो। मेयर साहका अनुसार उनी तीन महिनाको अवधिमा करिब २० दिन मात्रै कार्यालयमा उपस्थित भएका थिए। त्यसपछि मन्त्रालयले उनलाई फिर्ता बोलाए पनि हालसम्म नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छैन।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ३ : ३५ बजे

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर

सातामा ३.८९ अंकले बढ्यो नेप्से, दैनिक कारोबार ४ अर्ब पुग्न सकेन

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार बनेदेखि तर्सिएको सेयर बजार

बजेट प्राथमिकताका आधारमा विनियोजन गर्नुपर्ने

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताका