बिहेको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु « Khabarhub

बिहेको रथ अनियन्त्रित हुँदा बालिकाको मृत्यु


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा आयोजित विवाह समारोहमा विहेको रथ अनियन्त्रित भइ किचिएर स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको मृत्यु भएको छ ।

उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गए राति मटकोर विधि सञ्चालन भइरहेको थियो ।

सोही क्रममा प्रदेश २–०३–००१ च ७४६८ नम्बर को विहेको रथको ब्रेक अचानक फेल भई रथ अनियन्त्रित रुपमा विवाह समारोहमा पसेको थियो ।

विवाह समारोहमा रथ प्रवेश गर्दा स्थानीय विकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया घाइते भइ प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ । प्रहरीले रथ नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ४ : १५ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा