सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि « Khabarhub

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको सय दिन सुशासन र नागरिक सेवाका हिसाबले सफल रहेको दाबी गरेका छन् । सरकार गठनको सय दिन पूरा हुन लागेको सन्दर्भमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यो अवधिमा सरकारले नागरिकसँग प्रत्यक्ष जोडिएका विषय र सुशासनमा बढी जोड दिएको बताएका हुन् ।

सभापति लामिछानेले सरकारको ध्यान तुलनात्मक रूपमा सुशासनका मुद्दाहरूमा बढी केन्द्रित भएको उल्लेख गर्दै अहिलेको प्राथमिकता पनि यही नै रहेको स्पष्ट पारेका छन् । आम नागरिकले सेवा प्राप्त गर्ने निकायहरूलाई झन्झटरहित बनाउन, डिजिटल प्रविधिको प्रयोग बढाउन र होम डेलिभरी सेवाको सुरुवात गर्न सरकार लागिपरेको भन्दै उनले यसलाई सुखद सुरुआतको रूपमा चित्रण गरे ।

विकास निर्माण र दूरगामी महत्त्वका विषयहरूको प्रभाव तत्काल नदेखिए पनि भोलिका दिनमा त्यसको नतिजा आउने उनको भनाइ छ। विशेष गरी पूर्वाधार क्षेत्रमा तीन वर्षको प्याकेज बनाएर काम सुरु गरिएको जानकारी दिँदै उनले यसको पूर्ण नतिजा आउन केही समय लागे पनि तत्काल देखिने कामहरू पनि निरन्तर भइरहेको दाबी गरे।

सरकारको यो अवधिको कामलाई सञ्चारकर्मी, नागरिक समाजका अगुवा र विश्लेषकहरूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै लामिछानेले सय दिन पूरा भएपछि आउने रचनात्मक प्रतिक्रिया र आलोचनाको अध्ययन गरिने बताए । नागरिक समाज र सञ्चार माध्यमले औँल्याएका कमी-कमजोरीहरूलाई सरकारले सुझावका रूपमा ग्रहण गर्ने र आगामी दिनमा अझ परिपक्व ढङ्गले अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

समग्रमा नागरिकका समस्या सम्बोधन गर्ने र सुशासनको जग बसाल्ने सवालमा सरकारको सुरुवाती सय दिन सफल रहेको निष्कर्ष निकाल्दै उनले थप समीक्षा भने बाहिर आउने प्रतिक्रियाहरू हेरेपछि गरिने बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : १६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि