बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते « Khabarhub

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन तिमिल्सेनाले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र उनीहरूको पहिचान हुन बाँकी रहेको उनले बताए । 

घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएका छन् । बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको