वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता « Khabarhub

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ ।

विभागको मुद्दा तथा अनुसन्धान शाखाले मिति २०८३/०३/१९ गते मात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ । 

कारबाहीलाई कडा बनाउँदै विभागले आजै ८ जना अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि सरकारले कडा नजर राखेको छ। संस्था अनुगमन शाखाले आज ३ वटा म्यानपावर कम्पनीलाई विभिन्न विषयमा पत्राचार गर्दै सचेत गराएको छ । 

विभागले ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको छ ।

पीडितको उद्धार र राहतमा सक्रियता ठगीमा परेका र समस्यामा परेका श्रमिकहरूको हकमा सरकारले आजै २ जनाको उद्धार गरेको छ भने ५ वटा उजुरीको फछ्र्यौट गरेको छ ।

श्रमिकलाई विदेशमा नै सम्झौता बमोजिमको सेवा सुविधा दिलाउन विभागले २ वटा ठोस प्रतिबद्धता समेत प्राप्त गरेको छ । पीडितलाई न्याय दिलाउने क्रममा ८ पटक दुईपक्षीय छलफल गरिएको र १ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

सरकारले श्रमिकका गुनासोलाई प्राथमिकतामा राख्दै ‘हेलो सरकार’ मार्फत प्राप्त ९ वटा गुनासोमध्ये ५ वटाको तत्काल समाधान गरेको छ । 

विभागको कल सेन्टरमा प्राप्त ४६ वटा गुनासोमध्ये ४४ वटाको तत्काल समाधान गरिएको छ, जसले पीडितको समस्या सम्बोधन गर्न सरकारी संयन्त्र कति सक्रिय छ भन्ने पुष्टि गर्दछ ।

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन कुनै पनि कसर बाँकी नराख्ने र श्रमिक ठग्ने जोकोहीलाई पनि कानुनको कठघरामा उभ्याउने कडा चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ७ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको