वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता « Khabarhub

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू माथि सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कडा रूपमा प्रस्तुत भएको छ ।

विभागको मुद्दा तथा अनुसन्धान शाखाले मिति २०८३/०३/१९ गते मात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ । 

कारबाहीलाई कडा बनाउँदै विभागले आजै ८ जना अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

म्यानपावर कम्पनीहरूको गतिविधिमाथि पनि सरकारले कडा नजर राखेको छ। संस्था अनुगमन शाखाले आज ३ वटा म्यानपावर कम्पनीलाई विभिन्न विषयमा पत्राचार गर्दै सचेत गराएको छ । 

विभागले ४७ वटा म्यानपावर कम्पनी र ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) को नवीकरण गरे पनि उनीहरूको कार्यशैलीमाथि निरन्तर अनुगमन भइरहेको छ ।

पीडितको उद्धार र राहतमा सक्रियता ठगीमा परेका र समस्यामा परेका श्रमिकहरूको हकमा सरकारले आजै २ जनाको उद्धार गरेको छ भने ५ वटा उजुरीको फछ्र्यौट गरेको छ ।

श्रमिकलाई विदेशमा नै सम्झौता बमोजिमको सेवा सुविधा दिलाउन विभागले २ वटा ठोस प्रतिबद्धता समेत प्राप्त गरेको छ । पीडितलाई न्याय दिलाउने क्रममा ८ पटक दुईपक्षीय छलफल गरिएको र १ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

सरकारले श्रमिकका गुनासोलाई प्राथमिकतामा राख्दै ‘हेलो सरकार’ मार्फत प्राप्त ९ वटा गुनासोमध्ये ५ वटाको तत्काल समाधान गरेको छ । 

विभागको कल सेन्टरमा प्राप्त ४६ वटा गुनासोमध्ये ४४ वटाको तत्काल समाधान गरिएको छ, जसले पीडितको समस्या सम्बोधन गर्न सरकारी संयन्त्र कति सक्रिय छ भन्ने पुष्टि गर्दछ ।

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन कुनै पनि कसर बाँकी नराख्ने र श्रमिक ठग्ने जोकोहीलाई पनि कानुनको कठघरामा उभ्याउने कडा चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ७ : २० बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका