सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस « Khabarhub

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत कार्कीले सरकारी वकिलका रूपमा आफ्नो पेसा सुरु गरेका थिए । पछि न्याय सेवामै समूह परिवर्तन गरी न्याय प्रशासनतर्फ लागेका उनले यो सिफारिससँगै रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ ।

त्यस्तै, परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र ओखलढुङ्गाका अवकाशप्राप्त गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञका रूपमा काम गरी डीआईजीबाट अवकाश पाएका डा. सुब्बा हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध छन् भने वाग्ले निर्वाचन आयोगबाटै उपन्यायाधीवक्ता (सरकारी वकिल) का रूपमा अवकाश भएका व्यक्ति हुन् ।

दुई वर्षअघि प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि नयाँ प्रमुख आयुक्त नियुक्त हुन नसक्दा गत २१ फागुनको निर्वाचन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा गराइएको थियो। उमेरहदका कारण भण्डारी पनि अर्को साता ६५ वर्ष पुगेर अवकाश हुँदैछन्। यसअघि प्रमुख निर्वाचन आयुक्त थपलिया र निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको अवकाशपछि नयाँ आयुक्तहरू नियुक्त नहुँदा निर्वाचन आयोगमा दुई पदाधिकारीको पद रिक्त रहँदै आएको थियो।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ७ : १७ बजे

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा

जगन्नाथ थपलियाले भने– स्वास्थ्यमा सुधार हुँदैछ, तत्काल राजनीतिक गतिविधिमा सक्रिय हुन सक्दिनँ

काठमाडौं– नेकपा एमाले बागमती प्रदेशका नेता जगन्नाथ थपलियाले आफ्नो स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्