सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस « Khabarhub

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्त सिफारिस


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत कार्कीले सरकारी वकिलका रूपमा आफ्नो पेसा सुरु गरेका थिए । पछि न्याय सेवामै समूह परिवर्तन गरी न्याय प्रशासनतर्फ लागेका उनले यो सिफारिससँगै रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ ।

त्यस्तै, परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र ओखलढुङ्गाका अवकाशप्राप्त गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञका रूपमा काम गरी डीआईजीबाट अवकाश पाएका डा. सुब्बा हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध छन् भने वाग्ले निर्वाचन आयोगबाटै उपन्यायाधीवक्ता (सरकारी वकिल) का रूपमा अवकाश भएका व्यक्ति हुन् ।

दुई वर्षअघि प्रमुख आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि नयाँ प्रमुख आयुक्त नियुक्त हुन नसक्दा गत २१ फागुनको निर्वाचन कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा गराइएको थियो। उमेरहदका कारण भण्डारी पनि अर्को साता ६५ वर्ष पुगेर अवकाश हुँदैछन्। यसअघि प्रमुख निर्वाचन आयुक्त थपलिया र निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलको अवकाशपछि नयाँ आयुक्तहरू नियुक्त नहुँदा निर्वाचन आयोगमा दुई पदाधिकारीको पद रिक्त रहँदै आएको थियो।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ७ : १७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको