पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ? « Khabarhub

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका रिक्त रहेका निकाय तथा संस्थामा पदाधिकारी नियुक्त गरेको छ ।

मन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले गत असार १७ र १८ गते मन्त्रीस्तरको निर्णयबाट पाँचवटा निकायमा रिक्त रहेका विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू नियुक्त गरिएको जानकारी दिए ।

मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठलाई नियुक्ति गरेको छ । कोषको कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्ति गरिएको छ । त्यसैगरी कोषका सदस्यहरूमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बास्तोला र रामशोभित नायक नियुक्त भएको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा। पुरुषोत्तम भट्टराई नियुक्त भएका छन् । समितिका सदस्यहरूमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी नियुक्त भएका छन् ।

त्यसैगरी, बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन् । सदस्यहरूमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल नियुक्त भएका छन् ।

मन्त्रालयले पाटन दरबार सङ्ग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई सदस्य नियुक्त गरेको छ । मन्त्रालयले हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा सदस्यका रूपमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त भएको जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ५४ बजे

डा. गोविन्द केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।

रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय सांसदहरूको स्वकीय सचिव

विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर-  झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिरहरू) 

पोखरा– स्थानीयवासीको पटकपटकको दबाब र विरोधपछि पोखराको हरिचोक–याम्दी सडकखण्ड अन्ततः