गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ « Khabarhub

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रमका बीच सुरुङ निर्माणको शुभारम्भ गरे ।

सो अवसरमा उहाँले केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्वमा अघि बढेको यो आयोजना डोल्पा र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि ‘कोशेढुङ्गा’ सावित हुने बताए । उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।

मन्त्रालयकी सचिव सरिता दवाडीले स्थानीय समुदायको सकारात्मक सहयोगले आयोजना अघि बढाउन सहज भएको बताउँदै निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत स्वदेशी लगानी र स्थानीय सहभागिताको नमूना परियोजना भएको बताए । कम्पनीले १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला–ए गरी कूल २३०.३५ मेगावाट क्षमताका दुई आयोजना विकास गरिरहेको उनको भनाइ थियो ।

आयोजनाले विद्युत् उत्पादन मात्र नभई कर्णाली र डोल्पाको भौतिक पूर्वाधारमा समेत ठूलो परिवर्तन ल्याएको छ । कम्पनीले भेरी नदीमा १०० मिटर लामो पक्की पुल र त्रिवेणी–मुड्केचुला खण्डमा १० वटा बेली ब्रिज निर्माण गरिसकेको छ ।

आयोजना सञ्चालनमा आएपछि सङ्घीय सरकारले वार्षिक करिब रु १९ करोड ५० लाख तथा कर्णाली प्रदेश र स्थानीय तहले जनही रु नौ करोड ५० लाख ‘रोयल्टी’ प्राप्त गर्ने अनुमान गरिएको छ । यस परियोजनामा सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर रहनेछ ।

परियोजनाको कूल ऋण लगानी करिब रु १६ अर्ब ६६ करोड स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ । नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), लक्ष्मी सनराइज बैँक, एभरेस्ट बैँक र एनआइसी एसिया बैंकको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १० : १७ बजे

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

यी भूभागमा आज चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा