रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते « Khabarhub

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

गैरसैनिक मारिएको भन्दै मस्को आक्रोशित


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन खस्दा तीन जना बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। घटनामा अन्य ४० जना घाइते भएका छन्।

रुसको क्रास्नोदार क्षेत्रका गभर्नर वेनियामिन कोन्द्रात्येभका अनुसार घाइतेमध्ये १७ जनाको अस्पतालमा उपचार भइरहेको छ। उनले युक्रेनले जानीजानी सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले भने यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पर्यटकहरू किनार र पानीमा भइरहेका बेला तीव्र गतिमा आएको ड्रोन भिरनजिकै ठोक्किएर आगोको गोलामा परिणत भएको देखिन्छ। काला सागरनजिकैको आर्खिपो-ओसिपोभ्का गाउँनजिक रहेको उक्त स्थान रुसी पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य मानिन्छ। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणअघि कुनै खतराको साइरन बजेको थिएन।

ड्रोनको मुख्य लक्ष्य के थियो भन्ने स्पष्ट भइसकेको छैन। केही युक्रेनी सञ्चारमाध्यमहरूले इलेक्ट्रोनिक वारफेयरका कारण ड्रोन बीचमा खसेको दाबी गरेका छन्। बिबिसीले स्थानीय रुसी सञ्चारमाध्यमलाई उद्धृत गर्दै लेखेको खबर अनुसार विस्फोटअघि गोली चलेको आवाज सुनिएकाले एयर डिफेन्स प्रणालीले ड्रोन खसाल्न खोजेको अनुमान गरिएको छ।

पछिल्लो समय युक्रेनले रुसी भूभागभित्रै छिरेर उर्जा पूर्वाधार र सैन्य प्रयोजनमा प्रयोग हुने गोदामहरूमा दूरगामी आक्रमण तीव्र पारेको छ। अर्कोतर्फ, रुसले सन् २०२२ फेब्रुअरीमा सुरु गरेको पूर्णकालीन आक्रमणयता युक्रेनका आवासीय क्षेत्रमा निरन्तर क्षेप्यास्त्र प्रहार गर्दै आएको छ। गत शनिबार मात्रै रुसले युक्रेनको राजधानी किभमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ६ : ३३ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड