केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत « Khabarhub

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका गोलकिपर भोजिन्हा चिली पुग्दा भव्य स्वागत गरिएको छ। चिलीको चर्चित फुटबल क्लब कोलो-कोलोमा आबद्ध हुन पुगेका ४० वर्षीय भेट्रान गोलकिपरलाई समर्थकले उत्साहमय स्वागत गरेका हुन्।

आफ्नो देश केप भर्डेलाई पहिलो पटक फिफा विश्वकपमा छनोट गराउँदै नकआउट चरणसम्मको ऐतिहासिक यात्रा तय गराउन भोजिन्हाले उत्कृष्ट प्रदर्शन गरेका थिए। विश्वकपमा टोलीको मुख्य खम्बा बनेर उत्कृष्ट बचाउ गरेपछि उनी एकाएक विश्वभर चर्चाको शिखरमा पुगेका हुन्।

उमेरले चार दशक भए पनि मैदानमा उनको चुस्त प्रदर्शन र नेतृत्व क्षमताबाट प्रभावित हुँदै चिलीको शीर्ष क्लब कोलो-कोलोले उनलाई टोलीमा भित्र्याएको हो। उनी क्लबमा जोडिन चिली आइपुग्दा हजारौँ समर्थकले नाराबाजी र भव्य प्रदर्शनसहित उनलाई नायकका रूपमा स्वागत गरेका थिए।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ०३ बजे

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न