गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार « Khabarhub

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनामार्फत हवाई उद्धार गरेको हो ।

मन्त्रालयले यसका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७७ समेत जारी गरेको छ । कार्यविधिका अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी भन्नाले लगातार लामो प्रशव व्यथा (१८ घण्टाभन्दा बढी) लागि नवजात शिशु जन्मन कठिनाइ भएको, नवजात शिशुको हातखुट्टा वा शरीर पहिला निस्किएर शिशु जन्मन कठिनाइ भएको, शिशु जन्मेको ३० मिनेटसम्म सालनाल ननिस्केको, गर्भमा नै शिशुको निधन भएको, गर्भ अवस्थामा गर्भवतीको हातखुट्टा र शरीर सुन्निएको, गर्भवती अवस्थामा हुने एपिएच र प्रसूतिपश्चात्को अवस्थामा हुने पिपिएस अधिक रक्तश्राव भएको, पाठेघर फुटेको, पाठेघरभन्दा बाहिर शिशु बसेको आशङ्का भएकोलगायतका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : २५ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि