तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल « Khabarhub

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्राध्यापक, वरिष्ठ पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा पूर्वप्रशासकले सामाजिक सद्भाव कायम राख्न र सीमा क्षेत्रको व्यवस्थापनलाई कडाइ गर्न सरकारसँग अपिल गरेका छन्।

सुनसरीको देवानगञ्ज-३ बाट सुरु भएको साम्प्रदायिक विवाद तराईका अन्य जिल्लामा फैलिँदा ठूलो जनधनको क्षति भएको भन्दै बुद्धिजिवीहरूले मृतकप्रति श्रद्धाञ्जली र क्षतिपूर्तिको माग गरेका हुन्।

प्रा. डा. नरेन्द्रराज खनाल, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, डा. जगमान गुरुङ, पूर्वएआईजी रमेश खरेल, द्वारिकानाथ ढुंगेलसहित ४६ जना नागरिक अगुवाद्वारा जारी अपिलमा धार्मिक द्वन्द्वको झिल्कोलाई समयमै नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी रहेको उल्लेख छ।

“नेपाल शताब्दीयौँदेखि बहुजातीय, बहुधार्मिक र सहिष्णु राष्ट्रका रूपमा परिचित छ,” अपिलमा भनिएको छ, “धार्मिक तनावको समयमा सरकारले राजनीतिक विषयभन्दा पनि सद्भाव कायम गर्ने र विश्वास अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ।”

नागरिक समाजले खुला सीमाको फाइदा उठाउँदै तेस्रो मुलुकका व्यक्तिको अवाञ्छित घुसपैठ हुन सक्ने जोखिम औँल्याउँदै भारतसँगको सीमा आवतजावतलाई सहज, पारदर्शी र उत्तरदायी बनाउन आग्रह गरेको छ। साथै, साम्प्रदायिक द्वेष फैलाउनेहरूमाथि निष्पक्ष अनुसन्धान गरी कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन संस्थागत संयन्त्र चुस्त बनाउन सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ११ : २४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले