गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग « Khabarhub

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्री सुधन गुरुङले वार्ता गरेकोमा आपत्ति जनाएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसिभा बैठकमा अध्यक्ष साम्पाङले नेपाल एक सार्वभौम देश भएकाले यहाँ ’नेपाली सेना’ बाहेक अन्य कुनै सेनाको अस्तित्व हुन नसक्ने बताए । उनले

’हिन्दू सम्राट सेना’ जस्ता समूहहरूसँग गृहमन्त्रीले वार्ता गरेकोमा आपत्ति जनाएका हुन् । यस्ता ’सेना’ नाम जोडिएका समूहहरूलाई सरकारले प्रतिबन्ध-निषेध गर्नुपर्ने र तिनीहरूसँग वार्ता गर्न नहुने उनले बताए ।

त्यस्तै अध्यक्ष साम्पाङले आफू जनकपुर जान खोज्दा एउटा समूहले बाटो छेक्ने र निषेध गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाए ।

साउन ५ गते जनकपुरमा श्रमदाताहरूमाथि अज्ञात समूहबाट कुटपिट भएको र त्यसबारे गृहमन्त्रीलाई जानकारी गराउँदा पनि कारबाही नभएको भन्दै उनले सरकारको जवाफ माग गरे । 

उनले कोशी ब्यारेजमा रहेका ५६ वटा ढोकाहरू बर्खायाममा थुनेर राख्दा नेपालको आफ्नै भूभाग डुबानमा पर्ने गरेको भन्दै डुबानको समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए ।

उनले सुनसरी लगाएतका स्थानमा हालै घटेका घटनाहरूको निष्पक्ष र सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  २ : ०९ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले