एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक « Khabarhub

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको प्रदर्शनीमार्फत २०२६ को नयाँ एआई-सञ्चालित घरायसी उपकरणहरूको लाइनअप सार्वजनिक गरेका छन् । 

कम्पनीले कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट होम इकोसिस्टममार्फत नेपाली उपभोक्तालाई अझ सहज, व्यक्तिगत र ऊर्जा-दक्ष जीवनशैली प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्डशप मा आयोजित कार्यक्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुर, बंगलादेश शाखाका प्रमुख सुङ्हो चुनले प्रदर्शनीको उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी, उद्योग क्षेत्रका साझेदार तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार ४ भदौदेखि १४ असोज २०८३ सम्म सञ्चालन हुने प्रदर्शनीमा एआई टिभी, अडियो प्रणाली, वासिङ मेसिन, रेफ्रिजरेटरलगायतका नवीनतम उत्पादन प्रदर्शन गरिनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख चुनलेले प्रविधि सहज, व्यक्तिगत र उपयोगी हुनुपर्नेमा जोड दिए ।  

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : ३२ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी