प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो « Khabarhub

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई लिएर तीन नेतालाई गुन्डु झिकाएका छन्।

उनले प्रदेश इन्चार्ज एवम् सचिव शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनेश्याम खतिवडा र मुख्यमन्त्री हिक्मत कार्कीलाई गुन्डुमा बोलाएका हुन्।

कोशी प्रदेशमा मुख्यमन्त्रीलाई लिएर किचलो बढेको छ। ओलीकै निर्देशनमा हिक्मतलाई हटाउन शेरधनले कम्मर कसेपछि तनाव भएको छ।

शेरधन जसरी पनि हटाउने अभियानमा रहँदा कार्कीले संवैधानिक जटिलताको ब्याख्यासहित पद छाड्ने अवस्था नरहेको जवाफ दिएका छन् ।

यस्तोमा ओलीले तीन नेताहरूलाई सहमतिका लागि गुन्डु बोलाएका हुन् । ओलीले आफ्नै गृहजिल्लाका हिक्मतको ठाउँमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेका छन् ।

कार्कीलाई हटाउनका लागि शेरधनले विराटनगरमा चार दिनसम्म मिहिनेत गरे । उनले एमालेका ३९ जना सांसदलाई हिक्मतको विपक्षमा तयार गर्ने कोसिससमेत गरे ।

तर ती सबै सांसदलाई तिलकुमारको पक्षमा तान्न राई असफल भएपछि ओलीले तीन नेतालाई सहमतिका लागि बोलाएका हुन् । ओलीले तीन नेता बोलाउँदा उता कार्कीलाई हटाउन अविश्वासको प्रस्ताव र राजीनामाका लागि हस्ताक्षर सङ्कलन गरिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ३ : २३ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।