एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल « Khabarhub

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा प्रहरी खटाएर गरिएको खानतलासी विवादमा परेपछि कोशी प्रदेश प्रहरी नेतृत्व नेतृत्व नै सक्रिय भएको छ।

कोशी प्रदेश कार्यालयले एकातिर मोरङ जिल्ला प्रहरी प्रमुख एसपी कवित कटुवालसँग स्पष्टीकरण मागेको छ भने अर्कोतर्फ उद्योगी–व्यवसायीसँग प्रत्यक्ष संवाद गरेर विश्वास कायम गर्ने प्रयास थालेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालसँग लिखित स्पष्टीकरण मागेको छ। त्यसलगत्तै प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्दै औद्योगिक सुरक्षा, सुरक्षा चुनौती तथा प्रहरी र निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्ने विषयमा छलफल गरेका छन्।

प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश उद्योग वाणिज्य संघका पदाधिकारी तथा उद्योगी–व्यवसायी सहभागी थिए। पछिल्लो घटनापछि व्यवसायी समुदायमा बढेको असन्तुष्टि र त्रास कम गर्ने उद्देश्यले यो संवाद आयोजना गरिएको हो ।

यसअघि साउन १८ गते बिहान विराटनगरस्थित देवनरा समूहका सञ्चालक तथा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले छापा मारेको थियो। अवैध कारोबार तथा कर छलीको आशंकामा करिब बिहान ४ बजेदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो।

घटनापछि उद्योगी–व्यवसायीले प्रहरी कारबाहीको शैलीप्रति असन्तुष्टि जनाएका थिए। पर्याप्त आधार र प्रक्रिया बिना ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भन्दै निजी क्षेत्रले विरोध गरेको थियो।

विवाद चर्किएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी कवित कटवालसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाको हस्ताक्षरमा पठाइएको नौबुँदे स्पष्टीकरणमा मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना, तथ्य वा विश्वसनीय आधारमा गरिएको थियो, त्यसको विश्वसनीयता कसरी परीक्षण गरिएको थियो र त्यससम्बन्धी अभिलेख उपलब्ध गराउन भनिएको छ।

यस्तै, ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको वस्तुगत आधार, माथिल्लो निकायको स्वीकृति लिइएको वा नलिइएको, खानतलासीअघि आवश्यक कानुनी तथा कार्यविधिगत प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा पनि स्पष्ट जवाफ मागिएको छ।

स्पष्टीकरणमा उक्त अपरेशनबाट प्राप्त उपलब्धि, कारबाहीको नतिजा तथा त्यसका कारण उद्योगी–व्यवसायी र सर्वसाधारणमा त्रास सिर्जना भई प्रहरी संगठनको व्यावसायिक छविमा पर्न गएको असरबारे समेत जवाफ दिन भनिएको छ।

घटनाको आन्तरिक समीक्षा सुरु गरेसँगै प्रदेश प्रहरी नेतृत्व उद्योगी–व्यवसायीसँग सम्बन्ध सुधार्ने प्रयासमा समेत जुटेको देखिएको छ। डीआईजी खनालले उद्योगी–व्यवसायीसँगको छलफलमा सुरक्षा चुनौती सामना गर्न प्रहरी र निजी क्षेत्रबीच आपसी विश्वास, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ४ : १४ बजे

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर

रुपन्देहीमा पनि ग्यास अभाव (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ताले घण्टौँ लाइन

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज