ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना « Khabarhub

ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। 

सोमबार गुण्डुस्थित ओली निवासमा भएको छलफल विवाद हुँदा बोल्ने क्रममा बेहोस भएका थपलियालाई उपचारका लागि मध्यपुर थिमी अस्पताल लगिएको थियो । त्यहाँ उपचारपछि आराम गरिरहेका उनलाई मंगलबार वीर अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ। 

उनलाई उच्च रक्तचापको समस्या र सुगरको लेभल बढेकाले अस्पताल भर्ना गर्नुपरेको बताइएको छ। ओली निवासमा बोल्ने क्रममा हिजो बेलुका उनी बेहोस भएपछि मध्यपुर थिमी अस्पताल लगिएको थियो।

ओलीले थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्री नबनाउने भएपछि उनलाई थप तनाव भएको छ। ओलीले भक्तपुरका किरण थापालाई मुख्यमन्त्री बनाउने तयारी गरिसकेका छन् । 

यता एमाले सचिव महेश बस्नेतले भने थपलियाको गला मात्रै  अवरुद्ध भएको बताएका छन् । तर बैठकमा उपस्थित नेताहरूका अनुसार ओलीसँगको नोकझोंकपछि उनलाई समस्या भएको थियो।

यो पनि पढ्नुहोस् :

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ४ : ३१ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।