राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो « Khabarhub

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् । 

उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम सम्पन्न भएको बताएका छन् ।

मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा सांसद पाण्डेले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्ने उद्देश्यले पर्खाल हटाउने क्रममा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर अतुलनीय योगदान पुर्‍याउँदै आएको संस्था भएको उल्लेख गर्दै सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण र नागरिक सर्वोच्चताप्रति सम्मान व्यक्त गरेका छन् ।

पाण्डेका अनुसार सम्बन्धित नेपाली सेनाको टोलीलाई आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक असहजता उत्पन्न भएको थियो । 

त्यसपछि प्रमुख सेनानीसँग समन्वय र छलफल भएपछि नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको हो ।

उनले उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि जानकारी दिएका छन् ।

सांसद पाण्डेले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, राज्यका संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन् ।  

उनले राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : ११ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान