राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो « Khabarhub

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् । 

उनले आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहजता देखिए पनि त्यसपछि आपसी समन्वय र छलफलबाट सेनाकै पूर्ण सहयोगमा काम सम्पन्न भएको बताएका छन् ।

मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा सांसद पाण्डेले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्ने उद्देश्यले पर्खाल हटाउने क्रममा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

उनले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर अतुलनीय योगदान पुर्‍याउँदै आएको संस्था भएको उल्लेख गर्दै सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण र नागरिक सर्वोच्चताप्रति सम्मान व्यक्त गरेका छन् ।

पाण्डेका अनुसार सम्बन्धित नेपाली सेनाको टोलीलाई आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक असहजता उत्पन्न भएको थियो । 

त्यसपछि प्रमुख सेनानीसँग समन्वय र छलफल भएपछि नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको हो ।

उनले उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि जानकारी दिएका छन् ।

सांसद पाण्डेले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, राज्यका संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन् ।  

उनले राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : ११ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६