प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’ « Khabarhub

प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रमोहन यादवले तराई मधेसमा महिनौँदेखि वर्षा नभएको बताउँदै साउन सकिन लाग्दा पनि खेत बाँझै रहेको सुनाए । 

सांसद जगतप्रसाद जोशीले भारतले नेपालको सहमतिविना निर्माण गरेको बाँधका कारण नेपाली भूमि डुबानमा परेको उल्लेख गर्दै कैलाशपुरीमा यस्तै भएको बताए । 

सांसद जगदीश खरेल (ललितपुर) ले सुनसरी र सिराहको घटनामा सरकारले सुझबुझ समाधान गरेको, यस विषयमा विपक्षी दलले पनि साथ दिएको बताए । 

सांसद जनकराज गिरीले सांसदले उठाएका विषयको काम के भयो भनी प्रश्न गरे । सांसद जनकसिंह धामीले बेलौरी भन्सार स्तरोन्नति गर्न, सामाजिक सद्भाव कायम राख्न, जग्गा नभएकालाई पुर्जा दिनुपर्ने माग गरे । 

सांसद जयपति रोकायाले हुम्लामा बाढीले जनश्रमदानबाट निर्माण भएको पुल र बाटो बगाएकाले बस्तीलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न माग गरे । 

सांसद झवीलाल डुम्रेले असार ३२ गते गल्याङ नगरपालिका–६ मा धनबहादुर थापाले गोठ भत्केर जीवन गुमाए । बाली नगरपालिकामा मोटरसाइकल चलाइरहेका समाजसेवीका अर्को सवारी दिएको ठक्करले विनोद अर्यालको निधन भएकाले यस्ता घटना नहुने वातावरण बनाउन माग गरे । 

सांसद टुकाभद्र हमालले निर्मल पूर्जाले नेपाली युवालाई प्रेरणा दिएकाले पर्वतारोहणका बेला निधन भएका पूर्जाका विषयमा उपयुक्त निर्णय गर्न माग गरे । सांसद ठाकुरसिंह थारुले खेतमा मल छैन, भान्सामा ग्यास छैन, गर्मी छ फ्यान चलाउन बत्ती छैन भन्दै गुनासो गरे ।

सांसद तारा विश्वकर्माले अव्यवस्थित प्लटिङ नरोके विपद् निम्त्याउन सक्ने भएकाले सचेत गराउन माग गरिन् । सांसद डा तोसिमा कार्कीले कान्ति लोकपथको मार्ग परिवर्तन गर्दा स्थानीयवासी समस्यामा परेकाले निर्णय खारेज गर्न माग गरिन् ।

सांसद तैफिक अहमद खानले रूपन्देहीको आफ्नो क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्था गर्न माग गरे । त्यस क्षेत्रका भूमिहीनको अन्योल समाधान गर्न पनि उनले माग गरे । 

सांसद दीपककुमार साह सुनसरीले देवानगञ्ज घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । सांसद देवराज पाठकले मौसमका बारेमा पूर्वानुमान गर्ने व्यवस्था गराउन माग गरे । 

सांसद धनञ्जय रेग्मीले स्याङ्जाको सामुदायिक विद्युत् प्रणाली व्यवस्थित गर्न माग गरेकामा अझै काम नभएकामा सरकारको ध्यानाकर्षण गराए। सांसद नरेन्द्रकुमार केरुङले पाँचथरमा मात्र पाँच हजार ग्यास सिलिण्डर आवश्यक छ तर नपाइने गरेको गुनासो गरे ।
 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : २१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले