प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत « Khabarhub

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन सम्बन्धीको जरुरी सार्वजनिक महत्त्वको विषय प्रस्तुत गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर र नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई रहेका छन् ।

नेता आङ्देम्बेले तत्काल गर्नुपर्ने कामको साझा कार्ययोजना तयार पारी  कार्यान्वयन सुरु गर्न उक्त प्रस्ताव ल्याइएको बताए । उनले सभामुखमार्फत सरकारलाई सात दिनभित्र एकीकृत कार्ययोजना सार्वजनिक गर्न माग गरे ।

सरकारले प्रत्येक १५ दिनमा प्रगति विवरण समितिमा पेस गर्नुपर्ने र र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ ।
 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ५ : १७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले