निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू) « Khabarhub

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित दिवंगत सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।

पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा आयोजित कार्यक्रममा दिवंगत आरोहीहरूको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले उनीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरेका थिए।

विश्वका १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल अत्यन्त छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जाको निधनले नेपाली पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको सहभागीहरूले बताएका छन् । 

केही दिनअघि पाकिस्तानको ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा पुर्जा सहित अन्य आरोहीहरू बेपत्ता भएका थिए। खोज तथा उद्धार प्रयासपछि उनीहरूको निधन भएको पुष्टि भएपछि देशभर शोक व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ७ : ४३ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते