ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन् « Khabarhub

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसारमात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

निगमका प्रवक्ताद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा असार ३१ गतेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाइएको छ।

हाल दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा ग्यास अभाव भएको भन्ने समाचार तथा जनगुनासोप्रति निगमको ध्यानाकर्षण भएको निगमले उल्लेख गरेको छ।

निगमका अनुसार १४.२ केजीका सिलिन्डरको बिक्री सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सम्पूर्ण ग्यास उद्योगलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिन पनि बिक्रेतालाई आग्रह गरिएको छ।

काठमाडौँ उपत्यकामा उच्च मागलाई मध्यनजर गर्दै निगमले शनिबारदेखि टेकुस्थित कार्यालयबाट नेपाल ग्यास, एलपी ग्यास, एसएच ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका १४.२ केजीका सिलिन्डर बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।

ग्यास प्राप्त गर्न समस्या भए निगमको हटलाइन नम्बर ०१–५९७१९०२ (कार्यालय समयभित्र) मा सम्पर्क गर्न पनि उपभोक्तासँग अनुरोध गरिएको छ।

निगमले एलपी ग्यासको आयात र बिक्री वितरण नियमित रहेको तथा आगामी दिनमा पनि निरन्तर रहने जनाएको छ।

हाल मासिक औसत करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने र मागअनुसार आपूर्ति भइरहेको उल्लेख गर्दै आकस्मिक माग वृद्धि हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस महिनाको आयात परिमाणसमेत बढाइएको जनाएको छ।

निगमका अनुसार यही साउन १ देखि १८ गतेसम्म जम्मा ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको छ।

यस अवधिको आयातले आपूर्तिमा कुनै समस्या नरहेको देखिएकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न आग्रह गरिएको छ।

निगमले काठमाडौँ उपत्यका बाहिर एलपी ग्याससम्बन्धी गुनासो वा जानकारीका लागि सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोका सम्पर्क अधिकारीमार्फत सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : ०० बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई