भारतीय अभिनेता प्रदीप रावतको निधन « Khabarhub

भारतीय अभिनेता प्रदीप रावतको निधन


१९ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय गरेका अभिनेता प्रदीप रावतको निधन भएको छ । मंगलबार ७४ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनको जानकारी लगानमा उनीसँगै अभिनय गरेका अभिनेता यशपाल शर्माले इन्स्टाग्राममार्फत श्रद्धाञ्जली व्यक्त गर्दै दिएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार प्रदीप रावतका प्रबन्धक सिद्धार्थ तिवारीले उनको निधनको पुष्टि गरेका छन् । उनका अनुसार रावत क्यान्सरबाट पीडित थिए र रोग पुनः बल्झिएपछि पछिल्लो एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।

प्रदीप रावतको अन्तिम हिन्दी चलचित्र छावा थियो, जुन १४ फेब्रुअरी २०२५ मा प्रदर्शनमा आएको थियो ।

रावतले आफ्नो अभिनय यात्रा बी.आर. चोपडा प्रोडक्सन्सको चर्चित टेलिभिजन शृंखला महाभारतमा अश्वत्थामाको भूमिका निभाएर सुरु गरेका थिए । त्यसपछि उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी भाषाका चलचित्रमा अभिनय गरे ।

उनले नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : ४७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा