पाकिस्तान प्रशासित कश्मीरको आन्दोलन : इस्लामावादका लागि अभूतपूर्व चुनौती « Khabarhub

पाकिस्तान प्रशासित कश्मीरको आन्दोलन : इस्लामावादका लागि अभूतपूर्व चुनौती


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा देखिएको तीव्र जनअसन्तुष्टि र संयुक्त नागरिक संघर्ष समितिको नेतृत्वमा भइरहेको आन्दोलनले केन्द्रीय सत्तामाथि अभूतपूर्व संकट खडा गरेको छ। प्रतिष्ठित एसियाली सञ्चारमाध्यममा प्रकाशित एक विश्लेषणात्मक रिपोर्टअनुसार, यस क्षेत्रमा उत्पन्न राजनीतिक र सामाजिक अस्थिरताले पाकिस्तानको आन्तरिक सुरक्षा र राज्यको वैधानिकतालाई गम्भीर मोडमा पुर्याएको छ।

विद्युत् महसूल, महँगी र अनुदानित खाद्यान्नको मूल्य वृद्धिसँगै सुरु भएको यो असन्तुष्टि पछि अनेकौं मागसहितको बृहत् राजनीतिक आन्दोलनमा रूपान्तरण भयो। यसको मुख्य केन्द्रबिन्दुमा विधानसभामा शरणार्थीहरूका लागि आरक्षित सिटहरू खारेज गर्ने माग रहेको छ, जसलाई स्थानीय जनताले केन्द्रीय सरकारको प्रत्यक्ष हस्तक्षेप र अधिकार हननको रूपमा लिएका छन्।

आन्दोलन दबाउन सरकारले कडा कानूनको प्रयोग गर्ने, सञ्चार सेवाहरू बन्द गर्ने र बल प्रयोग गर्दा हिंसात्मक झडपहरू भएका छन्। 

सुरक्षाकर्मीको दमनका क्रममा थुप्रै नागरिकहरूको ज्यान गएपछि यो आन्दोलन केवल स्थानीय प्रशासनिक असन्तुष्टिमा मात्र सीमित नरही राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय छविसँग जोडिएको गहिरो संकट बनिसकेको छ। विश्लेषकहरूका अनुसार दशकौँदेखि विभिन्न दाउपेचको केन्द्रमा रहेका यस क्षेत्रका जनता अब आर्थिक अधिकार, पारदर्शिता र वास्तविक राजनीतिक प्रतिनिधित्वका लागि खुलेर सडकमा उत्रिएका छन्।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ५ : ०७ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा