समुद्री सुरक्षाका लागि सहकार्य गर्न भारत र जापान प्रतिबद्ध « Khabarhub

समुद्री सुरक्षाका लागि सहकार्य गर्न भारत र जापान प्रतिबद्ध


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्द महासागरमा चीनको बढ्दो सैन्य उपस्थितिलाई मध्यनजर गर्दै भारत र जापानले समुद्री मार्गको सुरक्षाका लागि संयुक्त रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमी र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच नयाँदिल्लीमा भएको द्विपक्षीय भेटका क्रममा समुद्री सुरक्षा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि यो प्रतिबद्धता आएको हो ।

संयुक्त विज्ञप्तिअनुसार दुवै देशले नौसेनाका जहाज तथा टुकडीहरूको एक-अर्काको देशमा हुने पारस्परिक भ्रमण बढाउने, संयुक्त अभ्यासहरू सञ्चालन गर्ने र एक-अर्काका बन्दरगाह तथा मर्मत सम्भार सुविधाहरूमा पहुँच विस्तार गर्ने निर्णय गरेका छन्। साथै, उनीहरूले समुद्री आवागमनको स्वतन्त्रतामा बाधा पुर्‍याउने वा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध समेत गरेका छन्।

हिन्द महासागरमा चीनको नौसैनिक परिचालन, पनडुब्बी गतिविधि र समुद्री निगरानीमा आएको तिब्र वृद्धिलाई लिएर सुरक्षा चासो बढिरहेका बेला यो साझेदारीलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। बेइजिङले भने आफ्नो उपस्थिति समुद्री व्यापारको सुरक्षा, जलदस्यु नियन्त्रण र सामुद्रिक सुरक्षाका लागि मात्र केन्द्रित रहेको दाबी गर्दै आएको छ।

यस समझदारी अन्तर्गत दुवै देशले जहाज मर्मत सम्भारसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन र जापानको प्राविधिक सीप तथा भारतको उत्पादन क्षमतालाई सदुपयोग गर्दै संयुक्त जहाज निर्माणका सम्भावनाहरू खोजी गर्न सहमति जनाएका छन्।

यसका साथै, दुई मन्त्रीहरूबीच गुप्तचर जानकारी, सैन्य उपकरण र प्रविधिमा सहकार्यका क्षेत्रहरू पहिचान गर्न एक विशेष कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ३ : ३९ बजे

उपनिर्वाचन नहुँदा १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

काठमाडौँ – देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, विदेशी सिकारी सिकारमा व्यस्त

बागलुङ– प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले

चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार

राँझा– विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

एजेन्सी– नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको