टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते « Khabarhub

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल कारखानामा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

सोमबार आलियागास्थित हाबास डेमिर सेलिक स्टिल कारखानामा भएको उक्त दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै कारखानाका कामदार रहेको अधिकारीहरूले बताएका छन् ।

स्थानीय गभर्नरका अनुसार दिउँसोको समयमा क्रेनमार्फत नयाँ बोयलर अर्को स्थानमा लैजाने क्रममा दुर्घटना भएको थियो । क्रेन खस्दा बोयलरसँग सम्बन्धित उपकरण भट्टीमा खसेपछि शक्तिशाली विस्फोट भएको थियो ।

घटनास्थलमा खिचिएका दृश्यमा कारखानाभित्र भीषण आगलागी भएको र आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा १६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको सङ्ख्या १७ पुगेको हो ।

हाबास टर्कीका प्रमुख स्टिल उत्पादक कम्पनीमध्ये एक हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १ : ०९ बजे

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, विदेशी सिकारी सिकारमा व्यस्त

बागलुङ– प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले

चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार

राँझा– विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

एजेन्सी– नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको

नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल