माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर « Khabarhub

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्य तीव्र पारिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त जलविद्युत् क्षेत्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको हो । उनले टनेलको मुखमा जमेको १५ फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोलीभित्र प्रवेश गरेको बताएका छन्।

“सेनाले थप अगाडिसम्म पुग्ने प्रयास जारी राखेको छ, दिनरात नभनी गरिएको प्रयासपछि सुरुङमा जमेको पानीलाई निकास दिन प्राविधिक टोली सफल भएको छ, त्यसबाट उद्धारकार्य थप सहज भएको छ”, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणको व्यवस्थापन समितिको बैठकले खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै पनि स्रोत साधनको अभाव हुन नदिने निर्णय गरेको छ । बैठकले आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको प्राप्ति, खर्च र त्यसको अभिलेख व्यवस्थापन गर्ने विशेष निर्णय गरेको छ ।

बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारको पीर, मर्का एवं गुनासो सुन्न प्राधिकरणले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरेकोे छ । सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तजनलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्मै पुर्याएर स्थलगत जानकारी गराउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : १६ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा