त्रिशूली र लाङटाङका टनेलमा ‘ब्लास्टिङ’ : ९३ जनाको टोलीसहित एक्साभेटर परिचालन « Khabarhub

त्रिशूली र लाङटाङका टनेलमा ‘ब्लास्टिङ’ : ९३ जनाको टोलीसहित एक्साभेटर परिचालन

तादी नदीमा बेलिब्रिज जडान गरिँदै


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका विपद् प्रभावित क्षेत्रबाट बिहीबार रातिसम्ममा हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ। योसँगै नेपाली सेनाको हवाई साधनबाट २७३ जना विदेशी नागरिकसहित हालसम्म ३ हजार ९३५ जनाको सफल उद्धार भइसकेको छ।

बाढी र पहिरोले पुरेका जलविद्युत् आयोजनाका टनेलहरूमा विदेशी विज्ञ टोलीसहितको संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। लाङटाङ हाइड्रोको टनेलभित्र करिब २०० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना प्वाल बनाएर खोजी भइरहेको र त्यहाँबाट २ वटा शव फेला परेको छ। चिलिमे, माथिल्लो त्रिशूली-१ र त्रिशूली-३ ‘बी’ मा समेत एक्साभेटर र आवश्यक उपकरण प्रयोग गरी बाटो खुलाउने तथा खोजी गर्ने कार्य जारी छ। माथिल्लो त्रिशूली-१ को टनेलबाट थप १ वटा शव फेला परेको छ।

त्यस्तै, ६० मेगावाटको त्रिशूली-३ ‘ए’ मा ९३ जनाको संयुक्त उद्धार टोलीले ५ वटा एक्साभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरी टनेलको आउटलेटबाट लेदो, ढुङ्गा र बालुवा हटाउँदै ३० मिटर भित्रसम्म पुगेको छ। टनेलभित्र भेटिएको ठूलो ढुङ्गा फुटाउन ब्लास्टिङको काम भइरहेको छ।

यातातयात सहज बनाउन देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको ५५ जनाको इन्जिनियरिङ फौजले ‘एक्रो ब्रिज’ जडानका लागि बेस निर्माण थालेको छ। सो पुल जडानका लागि गजुरीबाट उपकरणहरू त्रिशूलीतर्फ लैजाने काम भइरहेको छ।

स्थानीयलाई सुरक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन डाक्टर अधिकृतसहितको पैदल गस्ती टोली खटाइएको छ। त्रिशूली र धुन्चेमा स्थापित आपत्कालीन उपचार केन्द्रबाट हालसम्म ३ हजार २१५ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज खोज, उद्धार, शव व्यवस्थापन र सडक खुलाउन प्रत्यक्ष रूपमा खटिएका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ६ : ४७ बजे

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा