बाढीपछि पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्गतिर जान आग्रह (तस्बिरहरू) « Khabarhub

बाढीपछि पृथ्वी राजमार्ग ठाउँ-ठाउँमा कटान, वैकल्पिक मार्गतिर जान आग्रह (तस्बिरहरू)


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा आएको बाढीपछि त्रिशूली नदीले कटान गरेका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित छ । 

संघीय राजधानी काठमाडौँलाई पश्चिम क्षेत्रसँग जोड्ने पृथ्वी राजमार्गमा आवातजावत नै प्रभावित हुने गरेर त्रिशूलीले कटान गरेको छ । 

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार मलेखुभन्दा अगाडि कृष्णभीरमा करिब १ सय २० मिटर सडक बाढीले कटान गरेपछि पहिरो खसेर भासिएको छ ।

मलेखुबाट काठमाडौंतर्फ करिब एक किलोमिटरको दूरीमा पर्ने परेवाभीरमा करिब एक सय मिटर सडक कटान गरेको छ ।

परेवाभीरमा सडक विभागले भित्तातर्फबाट करिब एक सय मिटर वैकल्पिक सडक निर्माण गरी ग्राभेलिङ तथा मर्मतको काम अघि बढाएको छ । मर्मत सम्पन्न भएपछि ठूला मालवाहक सवारीसमेत सञ्चालन गर्ने लक्ष्य रहेको इन्जिनियर मानन्धरले बताए।

यसैगरी छहरे–चालिसे क्षेत्रमा करिब ४० मिटर सडक कटान हुँदा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । नागढुङ्गा चेकपोस्टबाट करिब ५ सयमिटर टाढा पनि करिब ८० मिटर सडक पहिरो गएपछि एक लेनबाट यातायात सञ्चालन भइरहेको छ।

पृथ्वी राजमार्गको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । ठूला मालवाहक सवारीका लागि बीपी राजमार्ग, कान्ति लोकपथ र त्रिभुवन राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने विभागले जनाएको छ । हेटौँडा–फर्पिङ हुँदै काठमाडौं आउने साना सवारीका लागि पनि वैकल्पिक मार्ग तोकिएको छ।

यसैबीच, फिस्लिङ क्षेत्रमा रोकिएका यात्रुका लागि ज्यामिरेघाट पुल हुँदै गोरखाको सिउरेनीटार–घ्याल्चोकबाट बेनीघाट पुल निस्कने वैकल्पिक मार्गसमेत प्रयोग गर्न सकिने छ। परेवाटारको सडक मर्मत सकेर १२ चक्केसम्मका मालवाहक सवारी सञ्चालन गर्ने तयारी छ ।

तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १ : १२ बजे

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ

भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली

सप्तरी– सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको