काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न दबाब दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले वर्षौँदेखि फिल्डको वास्तविकता नबुझी कुर्चीबाट मात्रै नेतृत्व गर्दाको परिणाम अहिले भोगेको बताएका हुन् ।
‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ। उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ’, उनले भनेका छन् ।
मन्त्री गुरुङले पुराने शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्ने व्यक्ति गलत भएको टिप्पणी गरेका छन् ।
साथै, उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीको उपस्थितिमा विपद् प्रतिकार्य कमाण्ड सेन्टर पूर्ण सञ्चालनमा भएकाले चिन्ता लिनुनपर्ने पनि उल्लेख गरेका छन् ।
‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ, त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्नु चाहन्छु’, उनले लेखेका छन् ।












प्रतिक्रिया