गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ « Khabarhub

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न दबाब दिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले वर्षौँदेखि फिल्डको वास्तविकता नबुझी कुर्चीबाट मात्रै नेतृत्व गर्दाको परिणाम अहिले भोगेको बताएका हुन् ।

‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी  कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ। उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ’, उनले भनेका छन् ।

मन्त्री गुरुङले पुराने शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्ने व्यक्ति गलत भएको टिप्पणी गरेका छन् । 

साथै, उनले विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीको उपस्थितिमा विपद् प्रतिकार्य कमाण्ड सेन्टर पूर्ण सञ्चालनमा भएकाले चिन्ता लिनुनपर्ने पनि उल्लेख गरेका छन् ।

‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ, त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्नु चाहन्छु’, उनले लेखेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  १ : १५ बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण